कोरोना भाइरस संक्रमण तथा उपचार कोषमा २ अर्ब ११ करोड रुपैयाँ संकलन
काठमाडौं, वैशाख १० : कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचारका कोषमा अहिलेसम्म दुई अर्ब ११ करोड ६५ लाख ५८ हजार २७५ संकलन भएको छ। प्रधानमन्त्री ....

काठमाडौं, वैशाख १० : कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचारका कोषमा अहिलेसम्म दुई अर्ब ११ करोड ६५ लाख ५८ हजार २७५ संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार हिजो मंगलबार मात्र एक करोड ३५ लाख तीन हजार ४२० रुपैयाँ कोषमा जम्मा भएको छ।
मंगलबार एभरेष्ट बैंकले ६० लाख, राष्ट्रिय योजना आयोगबाट चार लाख ६६ हजार २३०, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी कर्मचारीको तर्फबाट तीन लाख ९२ हजार ९१३, भेरी प्राविधिक शिक्षालय दुई लाख ९४ हजार ८५५, न्याय हेल्प नेपालले दुई लाख ७१ हजार २०, नाम नामेसी नखुलेका तथा एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति र संस्थाबाट ४५ लाख ५८ हजार ५९ रुपैयाँ संकलन भएको छ।








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


