Kathmandu Press

दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराइयो 

बन्दी प्रत्यक्षीकरणसम्वन्धी रिटमा भएको आदेश अनुरुप सर्वोच्चमा उपस्थित गराइएको हो।
दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराइयो 

काठमाडौं, पुस ५ : मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई शुक्रबार सर्वोच्च अदालतमा उपस्थित गराइएको छ। 

बन्दी प्रत्यक्षीकरणसम्वन्धी रिटमा भएको आदेश अनुरुप सर्वोच्चमा उपस्थित गराइएको हो। थुनामुक्तिको मागसहित दायर भएको रिटमा सर्वोच्चले बन्दीसहित उपस्थित गराउन आदेश दिएको थियो। 

प्रसाईंले आफू साइबर अपराधमा धरौटीमा रिहा भएलगत्तै प्रहरीले दुख दिने मनसाय राखेर अदालत परिषरबाटै पुनः पक्राउ गरेको दाबी रिटमा गरिएको छ। 

यसअघि दर्ता भएको बन्दी प्रत्यक्षीकरण निवेदन खारेज भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध फेक भिडियोमार्फत भ्रम फैलाएको भन्दै प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो। 

आज प्रसाईंलाई छाड्ने वा थुनामै पठाउने बिषयमा सर्वोच्चबाट निर्णय आउने छ। 
 

प्रकाशित मिति: १४:०७ बजे, शुक्रबार, पुस ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्