नेपालमा लगानी गर्न भारतका निजी क्षेत्रलाई परराष्ट्रमन्त्री डा.राणाको आग्रह
‘नेपालले विदेशी लगानीका लागि आफ्नो नीति उदार बनाएको छ। ऊर्जा उत्पादन, पूर्वाधार विकास, कृषि, पर्यटन, र सूचना प्रविधिमा लगानी गर्न आहृवान गर्छु,’ उनले भनिन, ‘नेपालमा लगानी सुरक्षित हुने र यसले उच्च प्रतिफल दिने आश्वासन दिन चाहन्छु।’
काठमाडौं, पुस ५ : परराष्ट्र्मन्त्री आरजु राणाले नेपालमा लगानी विस्तार गर्न भारतीय लगानीकर्ताहरुलाई आग्रह गरेकी छिन्।
युरोपबाट बिहीबार भारत आइपुगेकी परराष्ट्रमन्त्री डा. राणाले नेपालमा रहेको प्रत्यक्ष विदेशी लगानी (एफडीआई)मध्ये सबैभन्दा धेरै भारतकै रहेको स्मरण गर्दै थप लगानी विस्तारका लागि आग्रह गरिन्।
काठमाडौं विश्वविद्यालय र भारतीय नीति आयोगद्वारा संयुक्त रुपमा नयाँ दिल्लीमा आयोजित नेपाल भारत आर्थिक सम्मेलन’मा उनले अहिले नेपालमा राजनीतिक स्थिरता हुनुका साथै लगानीमैत्री वातावरणमा सुधार आएकाले लगानी विस्तार गर्न लगानीकर्तालाई आग्रह गरिन्।
‘नेपालले विदेशी लगानीका लागि आफ्नो नीति उदार बनाएको छ। ऊर्जा उत्पादन, पूर्वाधार विकास, कृषि, पर्यटन, र सूचना प्रविधिमा लगानी गर्न आहृवान गर्छु,’ उनले भनिन, ‘नेपालमा लगानी सुरक्षित हुने र यसले उच्च प्रतिफल दिने आश्वासन दिन चाहन्छु।’
नेपालले विदेशी लगानी आकर्षणका लागि ‘बीबी माइनस’ रेटिङ प्राप्त गरेको र स्वदेशी तथा विदेशी लगानीका लागि प्रोत्साहनकारी नीतिहरू लागू गरेको उनले जानकारी दिइन्।
नेपाल–भारत सम्बन्धलाई केवल आर्थिक मात्र नभई सामाजिक र सांस्कृतिक रूपमा पनि थप मजबुत बनाउनुपर्नेमा उनको जोड थियो।