सुनको मूल्य प्रतितोला ५ सय घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ।
काठमाडौं, पुस ५ : नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ।
बिहीबार एक लाख ४९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ।
त्यस्तै आज चाँदीको पनि मूल्य घटेको छ। बिहीबार १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर १ हजार ७ सय ६० रुपैयाँमा कारोवार भइरहेको छ।
प्रकाशित मिति: ११:५७ बजे, शुक्रबार, पुस ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(32)-1764944804.jpeg)