Kathmandu Press

जनकपुरधाममा एक जनाको शव फेला

जनकपुरधामको विद्यापती चोकस्थित दुर्गा मन्दिर परिषर भित्रै एक जना पुरुषको शव फेला परेको छ। 
जनकपुरधाममा एक जनाको शव फेला

धुनषा, पुस ५ : जनकपुरधाममा विहानै एक जना पुरुषको शव फेला परेको छ। 

जनकपुरधामको विद्यापती चोकस्थित दुर्गा मन्दिर परिषर भित्रै एक जना पुरुषको शव फेला परेको छ। 

अन्दाजि ४५, ५० वर्षको पुरुष रहेको तर पहिचान खुल्न नसकेको धनुषा प्रहरीले जनाएको छ। शवको मुखमा कुनै वस्तुले प्रहार गरेको देखिएको छ र छेउमै ईटा पनि फेला परेको बताएको छ। 

घटना सम्बन्धी अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: ११:०७ बजे, शुक्रबार, पुस ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्