काठमाडौंको धापासीमा आगलागी
काठमाडौंमा आगलागी भएको छ।
काठमाडौं, पुस ४ : काठमाडौंमा आगलागी भएको छ।
काठमाडौंको टोखा नगरपालिका-६ धापासीस्थित भाइकाजी श्रेष्ठको घरमा बिहीबार साँझ आगलागी भएको हो।
साँझ लागेको आगो दुई घन्टापछि नियन्त्रणमा लिइएको छ।
आगो नियन्त्रणका लागि सातवटा दमकल प्रयोग गरिएको थियो।
त्यस्तै झन्डै ९० जना नेपाल प्रहरी, ६० जनाभन्दा बढी नेपाली सेना र ४० जना सशस्त्र प्रहरीको टोली खटिएको थियो।
आगलागीबारे भएको क्षति विवरण संकलन भइसकेको छैन।
प्रकाशित मिति: २०:२९ बजे, बिहीबार, पुस ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












