Kathmandu Press

बोराभित्र सडेको अवस्थामा युवकको शव भेटियो

धनुषामा बोराभित्र एक युवकको शव भेटिएको छ।
बोराभित्र सडेको अवस्थामा युवकको शव भेटियो

काठमाडौं, पुस ४ : धनुषामा बोराभित्र एक युवकको शव भेटिएको छ।

जिल्लाको मिथिला बिहारी नगरपालिका-२ पुरन्डाहास्थित परशुराम तलाउ नजिक पुलमुनि बोराभित्र राखिएको अवस्थामा युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरीका अनुसार बोराभित्र भेटिएको शव अन्दाजी ३० वर्षीय युवकको हो। उक्त शव सडेगलेको अवस्थामा भेटिएको हो।

दिउँसो ३ बजेतिर स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो।

शवको बारेमा थप नखुलेको प्रहरीले जनाएको छ।

प्रहरीले शवको पहिचान खुलाउन थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १९:३८ बजे, बिहीबार, पुस ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्