Kathmandu Press

लामिछानेको तस्बिर बाहिर ल्याउनेमाथि कारबाही गर्न गृहमन्त्रीको निर्देशन 

गृहमन्त्री लेखकले तस्बिर बाहिर ल्याउने व्यक्ति र सुरक्षा कमजोरीमा संग्लन प्रहरीमाथि पनि कारबाही गर्न निर्देशन दिएका छन्। 
लामिछानेको तस्बिर बाहिर ल्याउनेमाथि कारबाही गर्न गृहमन्त्रीको निर्देशन 

काठमाडौं, पुस ४ : गृहमन्त्री रमेश लेखकले हिरासतभित्र रहेका रास्वपा सभापति रवि लामिछानेको तस्बिर बाहिर ल्याउने कार्यमा संग्लनमाथि कारबाही गर्न निर्देशन दिएका छन्।

गृहमन्त्री लेखकले तस्बिर बाहिर ल्याउने व्यक्ति र सुरक्षा कमजोरीमा संग्लन प्रहरीमाथि पनि कारबाही गर्न निर्देशन दिएका छन्। 

Hardik ivf

हिरासत कक्षमा लामिछाने सिरक ओढेर सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सबैतिर जिज्ञासा उत्पन्न भइरहेके छ। 

कानुनतः हिरासतमा थुनामा रहेका व्यक्तिको तश्विर बाहिर सार्वजनिक गर्न नमिल्ने भए पनि कस्ले र किन सार्वजनिक गर्यो भनेर प्रश्न समत उठीरहेको छ। 

गृहमन्त्री लेखकले यस बिषयमा विहीबार प्रहरी महानिरीक्षक वसन्त कुँवरसँग पनि चासो राखेका छन्। 
 
प्रकाशित मिति: १४:०३ बजे, बिहीबार, पुस ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्