Kathmandu Press

परराष्ट्रमन्त्री डा. राणा नयाँ दिल्लीमा 

नयाँदिल्लीस्थित विमानस्थलमा बिहान परराष्ट्रमन्त्री राणालाई भारतस्थित नेपाली दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए। 
परराष्ट्रमन्त्री डा. राणा नयाँ दिल्लीमा 
फाइल तस्बिर।

काठमाडौं, पुस ४ : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा विहीबार भारतको नयाँदिल्ली पुगेकी छन्।

जर्मनीको राजधानी बर्लिनबाट मन्त्री राणा नयाँदिल्ली पुगेकी हुन्। नयाँदिल्लीस्थित विमानस्थलमा बिहान परराष्ट्रमन्त्री राणालाई भारतस्थित नेपाली दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए। 

Hardik ivf

मन्त्री राणाले काठमाडौँ विश्वविद्यालय र भारतको इग्रो फान्डेशनले आयोजना गरेको नेपाल–भारत सम्मेलनमा मुख्य वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ। 

जर्मनीमा यौनिक र लैंगिक अल्पसंख्यकहरूको अधिकारसम्बन्धी सम्मेलन–२०२४ मा सहभागिता जनाएकी थिइन्। 

बेल्जियम, नेदरल्यान्ड्स, लक्जेम्बर्ग र जर्मनीको भ्रमणपछि परराष्ट्रमन्त्री राणा भारत पुगेकी हुन्। 


 

प्रकाशित मिति: १३:१५ बजे, बिहीबार, पुस ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्