यू–१९ महिला एसिया कप : नेपाल र श्रीलंकाबीचको खेल वर्षाले खेल अवरुद्ध
नेपालले श्रीलंकाविरुद्ध टस जितेर फिल्डिङ थालेको थियो। पहिलो ओभर सकिएलगत्तै वर्षा सुरु भएपछि खेल रोकिएको हो।काठमाडाैं, पुस ४ : मलेसियामा जारी महिला यू–१९ एसिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलंकाबीचको खेल वर्षा कारण रोकिएको छ।
मलेसियाको क्वालालम्पुरस्थित वेयुमास ओभल क्रिकेट मैदानमा केही बेर अघि सुरु भएको खेल वर्षाले रोकिएको हो। नेपालले श्रीलंकाविरुद्ध टस जितेर फिल्डिङ थालेको थियो। पहिलो ओभर सकिएलगत्तै वर्षा सुरु भएपछि खेल रोकिएको हो।
नेपाल पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो ।
समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारतले एक–एक अंक बाँडेका थिए। रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेता बनेको थियो।
प्रकाशित मिति: १२:५५ बजे, बिहीबार, पुस ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुटानसँग यू–१६ महिला टिमको फराकिलो हारशुक्रबार, पुस ५, २०८१
डा.लोहनी बने नेपाल विश्वविद्यालयको उपकुलपतिशुक्रबार, पुस ५, २०८१
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिबी, रवि र छविसहित डेढ दर्जनमाथि मुद्दाको तयारी शुक्रबार, पुस ५, २०८१
‘अहिले लोडसेडिङ भएको होइन्, विद्युत वितरणमा भएको समस्याले विद्युत कटौती भएको हो’शुक्रबार, पुस ५, २०८१