Kathmandu Press

कोरियाको सिप, श्रम र सम्पत्ति नेपालमा सदुपयोग गर्न मन्त्री भण्डारीको आग्रह

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीलाई त्यहाँ सिकेको सिप, गरिरहेको श्रम र आर्जन गरेको सम्पत्तीको नेपालमा सदुपयोग गर्न आग्रह गरेका छन् ।
कोरियाको सिप, श्रम र सम्पत्ति नेपालमा सदुपयोग गर्न मन्त्री भण्डारीको आग्रह

काठमाडौं, पुस ३ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीलाई त्यहाँ सिकेको सिप, गरिरहेको श्रम र आर्जन गरेको सम्पत्तीको नेपालमा सदुपयोग गर्न आग्रह गरेका छन् ।

नेपाल र कोरियाबिच दुई देशीय सम्बन्ध कायम भएको ५० वर्ष पुगेको अवसरमा कोरियाको पाँच दिने औपचारिक भ्रमणमा रहेका मन्त्री भण्डारीले गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषदद्वारा आज आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन्।

‘तपाइँहरुले सिकेको सिप, गरिरहेको श्रम र आर्जन गरेको सम्पत्ती ढुक्क भएर नेपालमा सदुपयोग गर्नुस्, नेपाल सरकार पूँजीको संरक्षण र प्रवद्र्धन गर्न प्रतिबद्ध छ,' उनले भने। 

साथै विदेशी लगानी भित्र्याउनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने जानकारी गराउँदै मन्त्री भण्डारीले लगानी भित्र्याउन र लगानी सुरक्षाका लागि कानुनमा भएका सबै असहजतालाई सरकारले संशोधन तथा पुनरावलोकन गर्ने प्रतिबद्धता जनाए । 

गैर आवासीय नेपालीहरुले मन्त्री भण्डारी समक्ष नेपालमा लगानी भित्र्याउन आफुहरु तयार रहेको र नेपाल सरकारले लगानी संरक्षणको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिएको उनको भ्रमण दलमा रहेका स्वकिय सचिव आनन्द भट्टले जानकारी दिए ।

 

प्रकाशित मिति: १९:३१ बजे, बुधबार, पुस ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्