नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध
नेपाल बैंकर्स एसोसिएसनले नयाँ कार्यसमिति गठन गरेको छ ।-1734525706.jpg)
काठमाडौं, पुस ३ : नेपाल बैंकर्स एसोसिएसनले नयाँ कार्यसमिति गठन गरेको छ ।
नयाँ कार्यसमितिमा नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालाई निर्विरोध निर्वाचित गरेको हो । कोइराला यस अघि नेपाल बैंकर्स एसोसिएसनको उपाध्यक्ष थिए ।
यसैगरी, नेपाल बैंकर्स एसोसिएसनको उपाध्यक्षमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन् ।
उपाध्यक्ष पदमा कार्यसमितिमा तीन जना सदस्य रहेका छन्।
जसमा एभरेष्ट बैंक लिमिटेड सीईओ सुदेश खालिङ, कुमारी बैंक सीईओ राम चन्द्र खनाल, नेपाल बैंकका सीईओ तिलकराज पाण्डेय निर्विरोध निर्वाचित भएका छन् ।
प्रकाशित मिति: १८:२७ बजे, बुधबार, पुस ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












