लकडाउनमै भक्तपुरमा निर्माणका काम सुरु
भक्तपुर, वैशाख १० : कोरोना भाइरसको संक्रमण फैलिन लामो लकडाउन जारी रहेपनि भक्तपुरमा भने निर्माणका काम सुरु गरिएको छ।
भक्तपुर नगरपालिकाले हनुम....

भक्तपुर, वैशाख १० : कोरोना भाइरसको संक्रमण फैलिन लामो लकडाउन जारी रहेपनि भक्तपुरमा भने निर्माणका काम सुरु गरिएको छ।
भक्तपुर नगरपालिकाले हनुमानघाट (छिपा ताँ) पुल ढलान सुरु गरेको छ। लकडाउनका कारण केही समय रोकिएको निर्माण कार्य पुनः सुरु भएको हो। यो पुल स्थानीय उपभोक्ता समितिमार्फत दुई करोड २८ लाख तीन सय ९३ रुपैयाँमा निर्माण भइरहेको छ।
वर्षाको कारण बाढी आएमा पुल ढलानको लागि राखिएको फर्मा बगाउन सक्ने भएकाले निर्माण सुरु गरिएको उपभोक्ता समितिले जनाएको छ।
प्रकाशित मिति: १०:३५ बजे, बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1792762148.jpeg)






