विद्युत् प्राधिकरण सञ्चालकमा पराजुली र केसी नियुक्त
नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा बलबहादुर पराजुली र लक्ष्मण केसी नियुक्त भएका छन्।
काठमाडौं, पुस ३ : नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा बलबहादुर पराजुली र लक्ष्मण केसी नियुक्त भएका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मङ्गलबार सङ्खुवासभाका मकालु गाउँपालिका–३ का पराजुली र धादिङ गङ्गाजमुना गाउँपालिका–५ का केसीलाई सञ्चालक समिति सदस्यमा चार वर्षका लागि नियुक्त गरेको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ।
प्रकाशित मिति: १७:४८ बजे, बुधबार, पुस ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(32)-1764944804.jpeg)