राष्ट्रपतिद्वारा भारत र मलेसियाका राजदूत नियुक्त

काठमाडौं, पुस ३ : राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार गणतन्त्र भारत र मलेसियाका लागि नेपालका आवासीय राजदूत नियुक्त गरेका छन्।
राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा शंकररप्रसाद शर्मालाई भारत र डा.नेत्रप्रसाद तिम्सिनालाई मलेसियाका लागि आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
प्रकाशित मिति: १७:०० बजे, बुधबार, पुस ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![सिंगापुरबाट फर्किए देउवा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_746953ab-1786608907.jpg)