Kathmandu Press

‘राजनीतिक स्थायित्व र सुशासन कायम गर्न नयाँ सरकार गठन भएको हो’

असमानता, अन्याय, छूवाछूत र दुःख भोगेर कोही सुखी हुन सक्दैन भन्दै उहाँले सुखी हुन असमानता र छुवाछूत हटाउनुपर्नेमा उनले जोड दिए।
‘राजनीतिक स्थायित्व र सुशासन कायम गर्न नयाँ सरकार गठन भएको हो’

काठमाडौं, पुस ३ : प्रधानमन्त्री केपी ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनेको बताएका छन्। 

नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले राजनीतिक स्थायित्व र सुशासन कायम गर्न नयाँ सरकार गठन भएको बताए।

Hardik ivf

‘हामी सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लानेछौं,’ उनले भने, ‘नेकपा एमाले र नेपाली कांग्रेस समाज सुधारको एउटै लक्ष्य बनाएर अघि बढेका छन्। राजाका पालामा अनेक मुद्दा मामिला लगाएर जनतालाई फसाउने, जातीय विद्वेष फैलाउने काम भएका थिए। हामी मानिस हौँ र मानिस भनेको सबै बराबर हुन्छ। जातीय विभेद अन्त्यका लागि हामी विद्यमान कानुनमा संशोधनका निम्ति पनि लाग्नेछौंं।’

प्रधानमन्त्री ओलीले जातीय छुवाछूत र साम्प्रदायिकतालाई निमिट्यान्न पार्न वर्तमान सरकार तत्पर रहेको बताए। असमानता, अन्याय, छूवाछूत र दुःख भोगेर कोही सुखी हुन सक्दैन भन्दै उहाँले सुखी हुन असमानता र छुवाछूत हटाउनुपर्नेमा उनले जोड दिए।

प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानता सुनिश्चित गर्न संविधानमा नै व्यवस्था गरिएको बताए। ‘मान्छे एउटै हो । जन्मदै कोही पनि श्रेष्ठ हुँदैन। जन्मदै श्रेष्ठ वा ठूलो जातको हो भनिनु मान्य हुँदैन। सरकारले त्यस्ता कुराहरुलाई मान्यता दिँदैन,’उनले भने।

प्रकाशित मिति: १६:४० बजे, बुधबार, पुस ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्