Kathmandu Press

दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्चको आदेश 

न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले गृह मन्त्रालयलगायत सुरक्षा नियकायसँग लिखित जवाफ समेत माग गरेको छ। 
दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्चको आदेश 

काठमाडौं, पुस ३ : सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपस्थित गराउन आदेश दिएको छ। 

प्रसाईंका छोरा निराजनले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले बुधबार उक्त आदेश दिएको हो।

न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले गृह मन्त्रालयलगायत सुरक्षा नियकायसँग लिखित जवाफ समेत माग गरेको छ। 

प्रसाईंका छोरा निराजनले गैरकानुनी रुपमा थुनामा राखिएको दाबीसहित मंगलबार बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए। यसअघि पनि निराजनले वन्दीप्रत्यक्षीकरण रिट दिएका थिए । अघिल्लो रिट निवेदन भने खारेज भएको थियो।

प्रसाईंमाथि आपराधिक विश्वासघातको आरोपमा प्रहरी अनुसन्धान चलिरहेको छ। 

प्रकाशित मिति: १६:३६ बजे, बुधबार, पुस ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्