Kathmandu Press

मुख्यसचिव र सचिवको कार्यकाल कम गर्न सांसद परियारको प्रस्ताव

‘अहिले जिम्मेवारीमा रहेका केहीलाई कस्तो असर गर्छ भन्ने नहेरी भविष्य हेरेर कानुन बनाउनेतर्फ ध्यान दिनुपर्छ,’ सांसद परियारले समितिको बैठकमा भने। 
मुख्यसचिव र सचिवको कार्यकाल कम गर्न सांसद परियारको प्रस्ताव
फाइल तस्बिर।

काठमाडौं, पुस ३ : नेपाली कांग्रेसका सहमहामन्त्री रहेका सांसद जीवन परियारले मुख्य सचिव र सचिवको कार्यकाल कम गर्ने प्रस्ताव गरेका छन्।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा विधेयकमाथिको छलफलका क्रममा परियारले उक्त प्रश्ताव गरेका हुन्। 

संघीय निजामती विधेयकमा यस सम्बन्धी व्यवस्था हुनुपर्ने सांसद परियारको प्रस्ताव छ। उनले मुख्य सचिवको कार्यकाल २ वर्ष र सचिवको ३ वर्ष बनाउन प्रश्ताव गरेका हुन्। 

‘अहिले जिम्मेवारीमा रहेका केहीलाई कस्तो असर गर्छ भन्ने नहेरी भविष्य हेरेर कानुन बनाउनेतर्फ ध्यान दिनुपर्छ,’ सांसद परियारले समितिको बैठकमा भने। 

प्रकाशित मिति: १५:१४ बजे, बुधबार, पुस ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्