रविमाथि गृहमन्त्रीकाे व्यंग्य– भोकै बसेर जम्मा गरेको पैसा खाइदिनेले न्यायका कुरा गर्न सुहाउँदैन
‘लाखौँ गरिब मान्छेको अर्बौं रुपैयाँ हिनामिना गर्ने, ठगी गरेर अर्काको रकम खाइदिने अनि मानवअधिकार उल्लंघन भयो भन्ने, यो कस्तो कुरा हो?’ मन्त्री लेखकले भने, ‘दिनभरि काम गरेको भोकै बसेर जम्मा गरेको रकम खाइदिने अनि भिड जम्मा गरेर मानवअधिकार र न्यायका कुरा गर्ने? यस्तो कुरा गर्न सुहाउँदै।’काठमाडौं, पुस ३ : गृहमन्त्री रमेश लेखकले ज्याला मजदुरी गरेर जम्मा गरेको पैसा खाइदिने व्यक्तिले भिड जम्मा पारेर मानवअधिकार र न्यायको कुरा गर्न नसुहाउने बताएका छन्।
मन्त्री लेखकले सहकारीको रकम ठगी, अपचलन र हिनामिनामा सयौँ मान्छे जेल गएको पनि बताए। गलत गर्ने कसैले पनि उन्मुक्ति नपाउने भनाई लेखकको छ। नेपाल प्रेस युनियन रुपन्देहीले बुधबार तिलोत्तमामा आयोजना गरेको पत्रकार भेटघाटमा लेखकले उक्त भनाई राखेका हुन्।
गृहमन्त्री लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कुनै अमर्यादित व्यवहार नभएको पनि स्पष्ट गरेका छन्।
‘लाखौँ गरिब मान्छेको अर्बौं रुपैयाँ हिनामिना गर्ने, ठगी गरेर अर्काको रकम खाइदिने अनि मानवअधिकार उल्लंघन भयो भन्ने, यो कस्तो कुरा हो?’ मन्त्री लेखकले भने, ‘दिनभरि काम गरेको भोकै बसेर जम्मा गरेको रकम खाइदिने अनि भिड जम्मा गरेर मानवअधिकार र न्यायका कुरा गर्ने? यस्तो कुरा गर्न सुहाउँदै।’
गृहमन्त्री लेखकले भिडले न्याय दिने भए प्रहरी, अदालत र न्यायाधीश किन चाहियो? भन्दै प्रश्न पनि गरे । सहकारी रकम अपचलनका मुख्य योजनाकार जीबी राईलाई अनुसन्धानका लागि ल्याउने कुरामा सरकार गम्भीरतापूर्वक लागेको भनाई पनि उदे राखे।
अर्को प्रसंगमा उनले सबै दलको सहकार्यमा संविधान संशोधनको काम अगाडि बढाइने पनि बताएका छन् । पत्रकार भेटभाटका क्रममा वर्तमान सरकार संविधान संशोधन, राजनीतिक स्थायीत्व, संविधानको रक्षा र दिगो आर्थिक विकासका लागि गठन भएको पनि बताए।
संविधानका सबल र दुर्वल पक्षलाई केलाएर संशोधनको प्रक्रियामा लाग्ने उनको भनाई थियो। संविधान संशोधनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले कार्यदल बनाएर काम अगाडि बढाएको जानकारी पनि लेखकले दिए।