Kathmandu Press

बैंकविरुद्ध दुर्गा प्रसाईंको रिट उच्च अदालतद्वारा खारेज

बैंकले ऋण असुल गर्न ताकेता गरेपछि प्रसाईंले उच्च अदालत विराटनगर, इलाम इजलासमा निषेधाज्ञाको मागसहित प्रसाईंको पक्षबाट टीकाराम अधिकारीले उच्च अदालतमा रिट दायर गरेका थिए। 
बैंकविरुद्ध दुर्गा प्रसाईंको रिट उच्च अदालतद्वारा खारेज

मोरङ, पुस ३ : मेडिकल व्यावसायी दुर्गा प्रसाईंले बैंकविरुद्ध दायर गरेको रिट उच्च अदालत, विराटनगरले खारेज गरिदिएको छ। उच्च अदातलका मुख्य न्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले रिट खारेज गरेको हाे।

बैंकले ऋण असुल गर्न ताकेता गरेपछि प्रसाईंले उच्च अदालत विराटनगर, इलाम इजलासमा निषेधाज्ञाको मागसहित प्रसाईंको पक्षबाट टीकाराम अधिकारीले उच्च अदालतमा रिट दायर गरेका थिए। 

रिटमा कुमारी बैंकको विर्तामोड शाखासहित चार वटा बैंकलाई विपक्षी बनाइएको थियो। 

रिट खारेज भएसँगै अब बैंकलाई ऋण असुल गर्ने बाटो खुलेको छ।

प्रसाईंले पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनका लागि चार वटा बैंकबाट ऋण लिएका थिए। पछिल्लो दुई वर्षयता उनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने र मिनाहा हुने अभिव्यक्ति दिँदै आएका छन्।

प्रसाईं अहिले भारतीय गुण्डा नाइके लरेन्स विस्नोयीको नाममा नेपाली व्यवसायीलाई धम्की दिएको आरोपमा पक्राउ परेका व्यक्तिसँग कनेक्सन देखिएको आरोपमा प्रहरी हिरासतमा छन्।

प्रकाशित मिति: १३:१० बजे, बुधबार, पुस ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्