Kathmandu Press

भारतमा कोरोना संक्रमित २० हजार नाघे, ६४५ को मृत्यु

काठमाडौं, वैशाख १० : भारतमा कोरोना भाइरस संक्रमितको संख्या दिनदिनै बढिरहेको छ। बुधबार बिहानसम्म २० हजारभन्दा बढीमा कोरोना देखिएको छ।

भारतीय ....

भारतमा कोरोना संक्रमित २० हजार नाघे, ६४५ को मृत्यु

काठमाडौं, वैशाख १० : भारतमा कोरोना भाइरस संक्रमितको संख्या दिनदिनै बढिरहेको छ। बुधबार बिहानसम्म २० हजारभन्दा बढीमा कोरोना देखिएको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, कोरोना संक्रमितको संख्या २० हजार ८० पुगेको छ। कोरोना संक्रमितको संख्या २० नाघ्ने देशमा १७औं नम्बरमा भारत पुगेको छ।

कोरोनाबाट भारमा मृत्यु दर पनि उच्च रहेको छ। बुधबार बिहानसम्म कोरोनाबाट ६ सय ४५ जनाको मृत्यु भएको छ।

अहिलेसम्म सबैभन्दा बढी संक्रमण महराष्ट्रमा देखिएको छ। महराष्ट्रमा पाँच हजार दुई सय १८, गुजरातमा दुई हजार एक सय ७८, दिल्लीमा दुई हजार एक सय ५६, मध्यप्रदेशमा एक हजार पाँच सय ५२ जनामा संक्रमण देखिएको छ।

त्यस्तै, नेपालसँग जोडिएका राज्यमा पनि संक्रमण बढ्दै गएको छ। उत्तर प्रदेशमा एक हजार दुई सय ९४, पश्चिम बंगालमा चार सय २३, बिहारमा एक सय २६, उत्तराखण्डमा ४६ जनामा कोरोना देखिएको छ।

 

प्रकाशित मिति: ०९:५२ बजे, बुधबार, वैशाख १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्