तत्कालीन प्रशासकीय अधिकृतसहित ६ जना भ्रष्टाचारी ठहर
तत्कालीन उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर थापा, सचिव पदमबहादुर कटवाल र कोषाध्यक्ष मिठुमाया गुरुङ खत्री पनि दोषी ठहर भएका छन्।काठमाडौं, पुस २ : विशेष अदालतले ओखलढुंगाको चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहालसहित ६ जनालाई भ्रष्टाचारी ठहर गरेको छ।
न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर श्रेष्ठ र मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार भ्रष्टाचारमा सजाय र विगो वमोजिमको जरिबाना गरेको हो।
अदादतले भ्रष्टाचारमा उनीहरूलाई जनही तीन महिना कैद र एक लाख ५७ हजार ३६५ रुपैयाँ जरिवाना तोकेको छ।
प्रमुख प्रशासकीय अधिकृत दाहालसँगै दोषी ठहर हुनेमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ ओखलढुंगाका तत्कालीन इन्जिनियर नवीन श्रेष्ठ र तत्कालीन सबइन्जिनियर लोकबहादुर ठकुराठी पनि छन्।
तत्कालीन उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर थापा, सचिव पदमबहादुर कटवाल र कोषाध्यक्ष मिठुमाया गुरुङ खत्री पनि दोषी ठहर भएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध आर्थिक वर्ष ०७४/७५ मा गाउँपालिकामा सञ्चालित बीपी चोक, मिश्रभञ्ज्याङ, जौखोरिया, सिलुङ, चिलाउने र फतानेवारी सडकखण्ड निर्माण कार्यमा फिल्डको वास्तविक तथ्य बंग्याएको आरोपमा मुद्दा दर्ता गरेको थियो।