Kathmandu Press

बझाङमा भूकम्पको धक्का

 बझाङमा भूकम्पको धक्का महसुस भएको छ।
बझाङमा भूकम्पको धक्का

बझाङ, पुस २ : बझाङमा भूकम्पको धक्का महसुस भएको छ।

आज साँझ तलकोट गाउँपालिकाको धमेना नजिक ४.३ म्याग्नेच्युडको भूकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का जिल्लाभर महसुस भएको थियो।

केन्द्रका अनुसार तलकोट, रूपातोला र धमेनाको बीचको क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प भएको हो । भूकम्पबाट क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर जोशीले बताए। 

प्रकाशित मिति: १९:२७ बजे, मंगलबार, पुस २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्