Kathmandu Press

वामदेवलाई पार्टीमा भित्र्याउन समाजवादीको कसरत

'उहाँ सकारात्मक नै हुनुहुन्छ, थप बैठक गरेर उहाँहरूसँग संवाद गर्ने निर्णय स्थायी कमिटीले निर्णय गरेको छ,' खतिवडाले भने।
वामदेवलाई पार्टीमा भित्र्याउन समाजवादीको कसरत

काठमाडौं, पुस २ : नेकपा (एकीकृत समाजवादी)ले वामदेव गौतमलाई पार्टीमा भित्र्याउने तयारी गरेको छ।

मंसिर २६ गतेदेखि एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी छ। उक्त बैठकमा गौतमलाई पार्टीमा भित्र्याउने विषयमा छलफल भएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन्।

गौतमलाई मात्र नभई गौतमले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका नेताहरुलाई पनि एकीकृत समाजवादीमा ल्याउने तयारी भइरहेको प्रवक्ता खतिवडाले जानकारी दिएका छन्।

गौतम पनि एकीकृत समाजवादीमा आउन इच्छुक रहेको बताएको छ।

'उहाँ सकारात्मक नै हुनुहुन्छ, थप बैठक गरेर उहाँहरूसँग संवाद गर्ने निर्णय स्थायी कमिटीले निर्णय गरेको छ,' खतिवडाले भने।

गौतम यसअघि एमाले प्रवेश गर्ने तयारीमा थिए।

उनले पटकपटक एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए। उनले सार्वजनिक रूपमा पनि एमालेमा फर्कन इच्छुक रहेको बताएका थिए।

यद्यपि एमाले उनलाई भित्र्याउन इच्छुक नदेखिएपछि उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको सम्पर्कमा आएका थिए।

२०७८ भदौ १८ गते गौतमले नेकपा (एमाले) परित्यागको घोषणा गरेका थिए। त्यसबेला गौतम एमालेको उपाध्यक्ष थिए।

प्रकाशित मिति: १९:२० बजे, मंगलबार, पुस २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्