Kathmandu Press

सोमबार उच्च अङ्कले घटेको नेप्सेमा सामान्य सुधार

नेप्से परिसूचक २.९५ अङ्कले बढेर २६३३.८७ विन्दुमा कायम भएको हो।
सोमबार उच्च अङ्कले घटेको नेप्सेमा सामान्य सुधार

काठमाडौं, पुस २ : सोमबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ।

नेप्से परिसूचक २.९५ अङ्कले बढेर २६३३.८७ विन्दुमा कायम भएको हो।

आज ३१८ कम्पनीको ८९ लाख ३९ हजार ३४८ हजार कित्ता शेयर ५३ हजार ९५७ पटक खरिदबिक्री हुँदा ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार ७४० बराबरको कारोबार भएको छ।

आजको कारोबारमा बैंकिङ ०.१७, वित्त ०.८७, होटल तथा पर्यटन ०.१८, जलविद्युत् ०.१४, लघुवित्त ०.५६, निर्जीवन बीमा ०.१९, व्यापार ०.५९ र अन्य समूह  ०.१३ प्रतिशतले बढेको छ।

अरु सबै समूहको उपसूचक घटेको छ।

विकास बैंक ०.६५, लगानी ०.२१, जीवन बीमा  ०.१५, उत्पादन तथा प्रशोधन  ०.४४ र म्युचुअल फन्ड ०.४८ प्रतिशतले घटेको छ ।

सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कुथेली बुखारी स्मल हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनी लिमिटेडको रू २२ करोड २४ लाख तीन हजार ९६४ बराबरको दुई लाख ६३ हजार कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित मिति: १८:०७ बजे, मंगलबार, पुस २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्