Kathmandu Press

भ्रष्टहरूको मुख होइन अपराध हेरेर कारबाही हुन्छ: प्रधानमन्त्री ओली

उनले जनप्रतिनिधि र कर्मचारीले घमण्ड र तनाव नलिइ सेवाभाव प्रस्तुत गर्नुपर्ने पनि बताए ।
भ्रष्टहरूको मुख होइन अपराध हेरेर कारबाही हुन्छ: प्रधानमन्त्री ओली

काठमाडौं, पुस २ : प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टहरुको मुख नभइ अपराध हेरेर कारबाही हुने बताएका छन्। 

ललितपुर महानगरपालिकाको १०६ औं स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अनुहार नभई अपराध र काम हेरेर कारबाही गर्ने बताएका हुन्। 

Hardik ivf

‘देशमा भ्रष्टाचार नियन्त्रण गर्नुछ। मैले भनेको छु, भ्रष्टहरुको मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छ । देशमा सुशासन हुन्छ । जनतालाई दुःख दिन कर्मचारीहरुले पनि पाउँदैन । दिनुहुँदैन,' उनले भने। 

उनले जनप्रतिनिधि र कर्मचारीले घमण्ड र तनाव नलिइ सेवाभाव प्रस्तुत गर्नुपर्ने पनि बताए ।

व्यवस्था परिवर्तनपछि पूर्वाधारका क्षेत्रमा विकास भएको र सरकार अभिभावक बनेर प्रस्तुत भएको पनि उनले बताए । ‘नसक्नेका र गरिब जनताका लागि अभिभावक बनेर वर्तमान सरकार प्रस्तुत भएको छ,’ ओलीले भने । 

 

प्रकाशित मिति: १७:२४ बजे, मंगलबार, पुस २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्