टेलिभिजन कार्यक्रम ‘काष्ट कन्भरसेसन’ प्रशारण हुने
जात व्यवस्थाको विविध आयामबारे युवा पुस्तासँग छलफल गर्ने उदेश्य सहित उक्त कार्यक्रम तयार गरिएको संस्थाका अध्यक्ष प्रदीप परियारले एक विज्ञप्ति जारी गर्दै बताएक छन्।काठमाडौं, पुस २ : दलित लाइभ्स म्याटरले टेलिभिजन कार्यक्रम कास्ट कन्भरसेसन सुरु गरेको छ।
जात व्यवस्थाको विविध आयामबारे युवा पुस्तासँग छलफल गर्ने उदेश्य सहित उक्त कार्यक्रम तयार गरिएको संस्थाका अध्यक्ष प्रदीप परियारले एक विज्ञप्ति जारी गर्दै बताएक छन्।
‘युवाहरुको अनुभवबाट सिक्ने र जातीय विभेद र बहिष्करण अन्त्यका लागि युवा वैचारिकी तयार गर्ने उद्देश्यले दलित लाइभ्स म्याटरले टेलिभिजन कार्यक्रम काष्ट कन्सरसेसन सरु गरेको हो’ परियारले भने, ‘१२ भागको पहिलो श्रृङ्खलामा सातै प्रदेशको प्रतिनिधित्व गर्दै विभिन्न समुदाय, लिङ्ग, भाषा, आस्था र शारीरिक अवस्थाका युवा सहभागी हुने छन्।’
शान्ता नेपालीको निर्देशनमा तयार भएको उक्त कार्यक्रमलाई वृद्धिका सेञ्च्युरीले सञ्चालन गर्नेछन्। कार्यक्रमको हरेक अंकमा सात जना सहभागी हुनेछन् । जातसँग लैङ्गिकता, प्रेम र विवाह, जमिनको स्वामित्व, कला र साहित्य, प्रविधि, न्याय र शिक्षालगायत विविध विषय र मुद्दा कसरी अन्तरसम्बन्धित छन् भन्नेबारे उक्त कार्यक्रमले प्रष्टता ल्याउने विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त कार्यक्रम हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ।
‘जात व्यवस्था र यसले श्रृजना गरेका विभेद र असमानता कुनै निश्चित समुदायले मात्र बोल्नुपर्ने विषय पक्कै होइन । मानव जातिकै कलंक बनेको जात व्यवस्था अन्त्यका लागि सबै जात र समुदायको अर्थपूर्ण सहभागिता, साझेदारी र सहकार्यको कुनै विकल्प छैन’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, यहि विज्ञप्तिमार्फत् दलित लाइभ्स म्याटर यहाँको साथ, सहयोग र सहकार्यका लागि आव्हान गर्दछ।’
दलित लाइभ्स म्याटर जातको आधारमा हुने हिंसा, विभेद र बहिष्करण अन्त्यका लागि संगठित विश्व्यापी रूपमा उदाउँदो अभियान हो । २०७७ जेठ १० गते अन्तरजातीय विवाह गर्ने प्रयासमा रूकुम पश्चिममा नवराज विक र उनका पाँच जना साथीहरूको निर्ममतापूर्वक हत्या भयो। त्यसै नरसंहारको पृष्ठभूमिमा दलित लाइभ्स म्याटर अस्तित्वमा आएको हो।










![खाली गराइँदै मनोहरास्थित सुकुम्बासी बस्ती [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777112695.jpg)

