बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु
बागलुङ, वैशाख १० : बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटी, टोड्केमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ।
मंगलबार दिउँसो परेको चट्....

बागलुङ, वैशाख १० : बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटी, टोड्केमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ।
मंगलबार दिउँसो परेको चट्याङबाट अन्दाजी ६० वर्षीया बिजुली खत्रीको मृत्यु गएको वडाध्यक्ष नेत्रबहादुर बुढाथोकीले जानकारी दिए।
घरमै बसिरहेका बेला परेको चट्याङ लागेर मृतक खत्रीका श्रीमान् सोमबहादुर बेहोस भए पनि अहिले अवस्थामा सामान्य रहेको जनाइएको छ। चट्याङबाट कुनै भौतिक क्षति भने नभएको वडाध्यक्ष बुढाथोकीले बताए।
जिल्लामा पछिल्ला केही दिन लगातार जसो चट्याङका घटना भइरहेका छन्। गत साता चट्याङ लागेर बागलुङ नगरपालिका–१४ मा एक युवाको ज्यान गएको थियो। रासस
प्रकाशित मिति: ०९:३८ बजे, बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


