पोखरेल पत्नी कोइरालासहित २५ जनालाई अदालतबाट म्याद जारी
धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी सहकारीको रकम हिनामिना प्रकरणमा मोरङ जिल्ला अदालतबाट म्याद जारी भएको हो।
मोरङ, पुस २ : मोरङको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २५ जनालाई अदालतबाट मुद्दामा म्याद जारी भएको छ।
धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी सहकारीको रकम हिनामिना प्रकरणमा मोरङ जिल्ला अदालतबाट म्याद जारी भएको हो।
उनीहरुविरुद्ध पहिल्यै मुद्दा दर्ता भएको थियो। अदालतले उनीहरुलाई उपस्थितिका लागि ३५ दिने म्याद जारी गरेको हो।
लेखा समिति सभापति पोखरेलकी पत्नी कोइराला उक्त सहकारीको पूर्वसञ्चालक रहेको जनाइएको छ ।
प्रकाशित मिति: १५:४० बजे, मंगलबार, पुस २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












