Kathmandu Press

गृहमन्त्री लेखक भन्छन्– शासन भीडले होइन कानुनले चल्छ

‘सत्ता चलाउने कानुनले हो, भीडले होइन,’ उनले भने, ‘पछिल्ला दिनहरूमा प्रहरी कार्यालय, सरकारी वकिल कार्यालय, अदालत लगायतका स्थानहरूमा भीडले प्रभावित गर्ने प्रयास भइरहेको छ, त्यो नियन्त्रण हुनै पर्छ।’ 
गृहमन्त्री लेखक भन्छन्– शासन भीडले होइन कानुनले चल्छ

रुपन्देही, पुस २ : गृहमन्त्री रमेश लेखकले शासन भीडले नभई कानुनले चल्ने बताएका छन्। बुटबलमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले त्यस्तो भीड नियन्त्रण गर्ने दायित्व सुरक्षा निकायकै भएको पनि बताए। 

‘सत्ता चलाउने कानुनले हो, भीडले होइन,’ उनले भने, ‘पछिल्ला दिनहरूमा प्रहरी कार्यालय, सरकारी वकिल कार्यालय, अदालत लगायतका स्थानहरूमा भीडले प्रभावित गर्ने प्रयास भइरहेको छ, त्यो नियन्त्रण हुनै पर्छ।’ 

Hardik ivf

पछिल्लो भीडले सत्ता चलाउने प्रयास हुन थालेको बताउँदै यसलाई पनि नियन्त्रण गर्न पनि उनले निर्देशन दिए। 

पछिललो समय साइबर क्राइम, आर्थिक र वित्तीय अपराध, ठगीका घटना बढेको, रकम अपचलनमा लिप्त हुनेहरू संगठित हुन थालेको र त्यसलाई भीडले ढाकछोप गर्ने प्रयास भइरहेको गृहमन्त्री लेखकले बताए। 

सम्बोधनका क्रममा उनले संविधानको सुरक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्ने बताउँदै त्यसका लागि पनि यस्ता गोष्ठी महत्त्वपूर्ण हुने उल्लेख गरे।

गृहमन्त्री लेखक संविधानको सही कार्यान्वयनका लागि शान्ति सुरक्षा नै प्रमुख सवाल हुने भएकाले यसतर्फ ध्यान दिन आग्रह गरे। शान्ति, सुशासन, विकास र समृद्विका लागि पनि शान्तिसुरक्षा अनिवार्य सर्त रहेको उनले बताए । 

उनले सिमानामा भइरहेका अपराध, तस्करी, राजस्व चुहावट रोक्न निर्देशन दिँदै अहिले पनि सीमा क्षेत्रमा राजश्व चुहावट र तस्करी बढेको सुचना मन्त्रालयसम्मै आइरहेको बताए।

सरकार र मन्त्री परिवर्तनको हल्ला अस्थिरता चाहाने कारखानाबाट उत्पादित टिप्पणी र हल्ला मात्र भएको उनको टिप्पणी थियो। स्पष्ट पारे । संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि नै कांग्रेस एमालेको समीकरण बनेको भन्दै गृहमन्त्री लेखकले त्यो समीकरण निर्वाधरुपमा २०८४ सम्मै पुग्ने बताए। 

प्रकाशित मिति: १४:४१ बजे, मंगलबार, पुस २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्