Kathmandu Press

प्यालेस्टाइनमाथिको आक्रमणविरुद्ध माओवादीको देशव्यापी हस्ताक्षर अभियान

गत गत २८ मंसिरमा बसेको पार्टीको स्थायी समिति बैठकको निर्णयअनुसार उक्त सर्कुलर गरिएको हो।
प्यालेस्टाइनमाथिको आक्रमणविरुद्ध माओवादीको देशव्यापी हस्ताक्षर अभियान

काठमाडौं, पुस २ : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले इजरायलद्वारा प्यालेस्टाइनमाथि जारी राखेको आक्रमणविरुद्ध देशव्यापी हस्ताक्षर अभियान चलाउने भएको छ।

प्यालेस्टाइनमाथिको आक्रमणविरुद्ध देशव्यापी हस्ताक्षर अभियान चलाउन माओवादी केन्द्रले पार्टी मातहतका कमिटीलाई सर्कुलर गरेको छ। गत गत २८ मंसिरमा बसेको पार्टीको स्थायी समिति बैठकको निर्णयअनुसार उक्त सर्कुलर गरिएको हो।

Hardik ivf

हस्ताक्षर अभियानका लागि पार्टी मातहतको कमिटीमा सर्कुलर पुगिसकेको जनाइएको छ। माओवादीले प्यालेस्टाइनमाथिको आक्रमण मानवताविरुद्धको अपराध रहेको भन्दै तत्काल रोक्न माग गर्दै आएको छ।

हस्ताक्षर अभियानलाई माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनता सामाजवादी पार्टी नेपाल, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा लगायतको समर्थन रहेको समेत जनाइएको छ।

 

प्रकाशित मिति: १३:४६ बजे, मंगलबार, पुस २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्