Kathmandu Press

रविलाई थप चार दिन थुनामा राख्न अनुमति

प्रहरीको माग अनुरुप जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेलबासेको इजलासले मंगलबार थुना अनुमति दिएको हो। 
रविलाई थप चार दिन थुनामा राख्न अनुमति
फाइल तस्बिर।

काठमाडौं, पुस २ : सहरकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले आुमती दिएको छ। 

प्रहरीको माग अनुरुप जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेलबासेको इजलासले मंगलबार थुना अनुमति दिएको हो। 

Hardik ivf

म्याद थपका लागि इजलासमा उपस्थित गराइएका लामिछानेले आफूलाई बाहिर छाडिदिएको भए प्रमाण नष्ट गर्थेँ? भन्दै प्रश्न राखेका थिए। 

कास्की जिल्ला प्रहरी कार्यालयले सूर्यदर्शन सहकारीको बचत रकम अपचलन प्रकरणमा प्रहरीले रवि लामिछानेसहित ५१ जनामाथि मुद्दा चलाउनुपर्ने राय सरकारी वकिललाई दिएको छ। 

प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशी, रामप्रसाद खनाल, लिला पछाईसहित ५१ जनामाथि मुद्दा चलाउनुपर्ने राय प्रहरीले दिएको हो। 

प्रहरीले पक्राउ परेका लामिछानेसहित पक्राउ गर्न बाँकी रहेका गरी ५१ जनालाई प्रतिवादी बनाएर प्रतिवेदन बुझाइएको हो । ठगी प्रकरणमा एक अर्ब ५१ करोड बिगो रकमको दाबी समेत गरिएको छ। 

सरकारी वकिलको कार्यालयले प्रतिवेदनमा अध्ययन गरी जिल्ला अदालत कास्कीमा मुद्दा दायर गर्नेछ। 
 

प्रकाशित मिति: १३:४३ बजे, मंगलबार, पुस २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्