बेलायतमा कोरोनाबाट थप एक नेपालीको मृत्यु
लण्डन, वैशाख १० : बेलायतमा कोरोना भाइरसको संक्रमणबाट थप एक जना नेपालीको मृत्यु भएको छ।
पोखरा याङ्जाकोट स्थायी घर भई हाल बेलायतको ....

लण्डन, वैशाख १० : बेलायतमा कोरोना भाइरसको संक्रमणबाट थप एक जना नेपालीको मृत्यु भएको छ।
पोखरा याङ्जाकोट स्थायी घर भई हाल बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा निधन भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले जानकारी दिए। गुरुङको आइतबार मृत्यु भएपनि अस्पतालले दुई दिनपछि मात्रै परिवारलाई जानकारी दिएको थियो।
स्वाशप्रश्वाशमा समस्या देखिएपछि विजयलाई गत साता अस्पताल भर्ना गरिएको थियो। बेलायतमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको नेपालीको संख्या १८ पुगेको छ। रासस
प्रकाशित मिति: ०९:०८ बजे, बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार





-1792762148.jpeg)





