Kathmandu Press

एमाले डोटीको अध्यक्षमा मलासी

निकटतम् प्रतिद्वन्द्वी शेरबहादुर मल्ललाई ४४ मत अन्तरले पराजित गर्दै मलासी निर्वाचित भएका हुन्।
एमाले डोटीको अध्यक्षमा मलासी

डोटी, पुस २ : नेकपा एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित भएका छन्।

सोमबार भएको मतदानको आज बिहान मत परिणाम सार्वजनिक भएको हो। निकटतम् प्रतिद्वन्द्वी शेरबहादुर मल्ललाई ४४ मत अन्तरले पराजित गर्दै मलासी निर्वाचित भएका हुन्।

मलासीले २१५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी मल्लले १७१ मत प्राप्त गरे।

त्यसैगरी उपाध्यक्षमा खगेन्द्र बडैला निर्वाचित भएका छन् भने सचिवमा पदमराज भट्ट खुला उपसचिवमा डम्बरसिं डौडी र महिला उपसचिवमा बिस्ना सिंह निर्वाचित भएका छन्। 

एमाले डोटीको जिल्ला अधिवेशन पटक पटक सर्दै आएको थियो। 

प्रकाशित मिति: १२:४७ बजे, मंगलबार, पुस २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्