रविलाई अदालत उपस्थित गराइयो
सहकारीको रकम दुरूपयोग प्रकरणमा कास्की प्रहरीले रविसहितक व्यक्तिहरूमाथिको अनुसन्धान प्रतिवेदन सोमबार नै सरकारी वकिललाई बुझाइसकेको थियो।
कास्की, पुस २ : कास्की प्रहरीले रास्वपा सभापति रवि लामिछानेसहितका व्यक्तिहरुलाई आज जिल्ला अदालतमा उपस्थित गराएको छ।
सहकारीको रकम दुरूपयोग प्रकरणमा कास्की प्रहरीले रविसहितक व्यक्तिहरूमाथिको अनुसन्धान प्रतिवेदन सोमबार नै सरकारी वकिललाई बुझाइसकेको थियो।
प्रहरीले मंगलबार बिहानै गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईका सहयोगी लिला पछाईंलाई अदालतमा उपस्थित गराएको हो।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले थुनामा राखेर ८४ दिनपछि अनुसन्धान गरेको थियो। प्रहरीले लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ। जसमध्ये ३७ जना फरार छन्।
प्रहरीले उनीहरुविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने राय प्रतिवेदनमा उल्लेख गरेको छ।
अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसके पनि अझै केही दिन म्याद थप्ने तयारी छ।












