Kathmandu Press

देशभरको मौसम सामान्यतया सफा रहने 

काठमाण्डौमा हल्का तुवाँलो लागेको छ भने तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको आंशिक प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ ।
देशभरको मौसम सामान्यतया सफा रहने 
Hardik ivf

काठमाडौं, पुस २ : आज काठमाण्डौ उपत्यकासहित देशभरको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौमा हल्का तुवाँलो लागेको छ भने तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको आंशिक प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ । महाशाखाका अनुसार आज राति गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

काठमाण्डौमा आज हिजोअस्तिको जत्तिकै चिसो रहेको मौसमविद्हरुले बताएका छन् । काठमाण्डौमा आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रकाशित मिति: ०८:२५ बजे, मंगलबार, पुस २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्