तीनवटा संसदीय समितिको बैठक बस्दै
बैठकमा अर्थ समितिको बैठक बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ ।
काठमाडौं, पुस २ : संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दै छ । मंगलबार अर्थ समितिको बैठक बिहान ११ बजे संघीय संसद सचिवालय सिंहदरबारमा बस्दै छ ।
बैठकमा अर्थ समितिको बैठक बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने छ ।
बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा विज्ञसँग छलफल गर्ने कार्यसूचि छ । त्यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १२ बजे सिंहदरबारमा बस्दै छ ।
बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरुका सम्बन्धमा छलफल हुने छ ।
प्रकाशित मिति: ०७:४८ बजे, मंगलबार, पुस २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












