Kathmandu Press

राजविराज विमानस्थलबाट पहिलोपटक रात्रीकालिन उडान [फोटो फिचर]

सप्तरीको राजविराज विमानस्थलबाट पहिलोपटक रात्रीकालिन उडान सुरू भएको छ। 
राजविराज विमानस्थलबाट पहिलोपटक रात्रीकालिन उडान [फोटो फिचर]

सप्तरीको राजविराज विमानस्थलबाट पहिलोपटक रात्रीकालिन उडान सुरू भएको छ। 

विमानस्थलमा दिउँसोमा बुद्ध एयरले उडान गर्दै आएकोमा बुद्ध एयरले नै रात्रीकालिन उडान गरेको हो। 

सोमबार राति बुद्धले रात्रिकालीन उडान परीक्षण गरेको छ। 

परीक्षण उडानका लागि लाइटिङसहित भौतिक पूर्वाधार र प्राविधिक रूपमा राजविराज विमानस्थलको सबै तयारी सकिएको छ।  

सोमबार साँझ नियमित उडानलाई नै परीक्षण उडानमा परिणत गरिएको विमानस्थल कार्यालयले जनाएको छ।

राजविराज विमानस्थल ०७५ असार देखि  उडान सुरू भएको थियो। श्री एयरलाइन्सको जहाजले पाँच दिने उडान सुरू गरेको थियो। त्यतिबेला पाँच दिनमै उडान कटौती गर्दै एक वर्षपछि राजविराजमा श्रीले उडान बन्द गरेको थियो।

राजविराज विमानस्थलमा एक हजार ५०० मिटर लामो र ३० मिटर चौडा पक्की धावनमार्ग छ। यसका अतिरिक्त ६० मिटर चौडा र ९० मिटर लामो एप्रोन तथा ११० मिटर लामो ट्याक्सी वे निर्माण  गरिएको छ।

योसँगै रात्रीकालिन विमानस्थलको संख्या दस पुगेको छ। काठमाडौं, पोखरा, भैरहवा, धनगढी, नेपालगंज, सिमरा, जनकपुर, चन्द्रगढी विराटनगरमा यसअघि नै रात्रिकालीन उडान भइरहेको छ।

तस्बिरहरूः

rajbiraj-airport-(7)-ink-1734355923.jpeg

rajbiraj-airport-(8)-ink-1734355932.jpeg

rajbiraj-airport-(4)-ink-1734355922.jpeg

rajbiraj-airport-(5)-ink-1734355922.jpeg

rajbiraj-airport-(3)-ink-1734355921.jpeg

rajbiraj-airport-(2)-ink-1734355921.jpeg

rajbiraj-airport-(6)-ink-1734355922.jpeg

rajbiraj-airport-(1)-1734355941.jpeg

 

प्रकाशित मिति: १९:२२ बजे, सोमबार, पुस १, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्