Kathmandu Press

बेचन झा र प्रतीक थापालाई थुनामै राख्न उच्चको आदेश 

उच्च अदालतका न्यायाधीशहरू अन्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले दुबै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्लाको आदेशलाई सदर गरेको छ।
बेचन झा र प्रतीक थापालाई थुनामै राख्न उच्चको आदेश 

काठमाडौं, पुस १ : नक्कली शरणार्थी प्रकरणमा मुछिएका बेचन झा र प्रतिक थापालाई थुनामा पठाउन उच्च अदालत पाटनबाट आदेश भएको छ। 

जिल्ला अदालत काठमाडौँले थुनामा राख्न आदेश दिएपछि झा र थापा उच्च अदालत पाटन पुगेका थिए। 

उच्च अदालतका न्यायाधीशहरू अन्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले दुबै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्लाको आदेशलाई सदर गरेको छ। झाविरुद्ध नक्कली भुटानी शरणार्थी प्रकरणमा पूरक अभियोग दर्ता भएको थियो। 

थापाविरुद्ध भने शुरुमै अन्य प्रतिबादीसँगै अभियोग पत्र दायर भएको थियो। थापा तत्कालीन समयमा फरार रहेका थिए । उनी भने पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा हुन्। 

नक्कली शरणार्थी प्रकरणको मुद्दा भने जिल्ला अदालतमै विचाराधीन छ। 

यो मुद्दामा झा र थापासँगै नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, एमाले नेता टोपबहादुर रायमाझी, निलम्बित सचिव टेकनारायण पाण्डेलगायत प्रतिवादी छन्।

प्रकाशित मिति: १६:४५ बजे, सोमबार, पुस १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्