Kathmandu Press

कांग्रेसले बोलायो सर्वदलीय बैठक

काठमाडौं, वैशाख १० : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले संविधानको मुल मर्म विपरीत राजनीतिक दल विभाजन र संवैधानिक परिषद अध्यादेश ल्याएपछि त्यस....

कांग्रेसले बोलायो सर्वदलीय बैठक

काठमाडौं, वैशाख १० : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले संविधानको मुल मर्म विपरीत राजनीतिक दल विभाजन र संवैधानिक परिषद अध्यादेश ल्याएपछि त्यस विषयमा छलफल गर्न सर्वदलीय बैठक डोकेको छ।  

बुधबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा डाकिएको बैठकमा सत्तारुढ नेपकपाबाहेका सबै दललाई बोलाइएको छ। सरकारले एकपछि अर्को गरी संविधान र विधिविधान मिच्ने काम गरेकाले त्यसमा साँझा धारणा बनाउन सर्वदलीय बैठक डाकिएको कांग्रेसले जनाएको छ।

'दिउँसो २ बजे नेकपाबाहेकका दललाई बैठकमा बोलाइएको छ,' सभापति शेरबहादुर देउवाका निजी सचिव केशवराज जोशीले भने। 

प्रकाशित मिति: ०८:१० बजे, बुधबार, वैशाख १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्