Kathmandu Press

‘संसदीय अभ्यासलाई उचाईमा पुर्‍याउन पत्रकारीताको महत्वपूर्ण भूमिका छ’

‘समाजमा संसदीय व्यवस्थाको महत्वलाई बताउने, बुझाउने र यसले गरिरहेको गतिविधिलाई जनतामाझ पुर्‍याउने र पारदर्शी ढङ्गले यसलाई अझ उचाईमा लैजाने काममा संसदीय पत्रकारीताले भूमिका खेल्दै आएको छ,’ सभामुख घिमिरेले भने।
‘संसदीय अभ्यासलाई उचाईमा पुर्‍याउन पत्रकारीताको महत्वपूर्ण भूमिका छ’

‘पत्रकार र सांसदबीच असमझदारी छ, बहसमार्फत त्यसलालाई टुंग्याउनु पर्छ’

काठमाडौं, पुस १ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय अभ्यासलाई पारदर्शी ढङ्गले अझ उचाईमा पुर्‍याउन संसदीय पत्रकारीताले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्। 

सोमबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजद्धार आयोजित कार्यक्रममा ‘संसदीय पत्रकारिताः अवधारणा र अभ्यास’ विमोचन गर्दै उनले संसदीय पत्रकारीताले नै समाजमा संसदीय व्यवस्थाको महत्वलाई बुझाउन मद्दत गरेको बताएका हुन्। 

Hardik ivf

‘समाजमा संसदीय व्यवस्थाको महत्वलाई बताउने, बुझाउने र यसले गरिरहेको गतिविधिलाई जनतामाझ पुर्‍याउने र पारदर्शी ढङ्गले यसलाई अझ उचाईमा लैजाने काममा संसदीय पत्रकारीताले भूमिका खेल्दै आएको छ,’ सभामुख घिमिरेले भने।

उनले संसदको काम कारबाहीलाई प्रभावकारी बनाउन र संसदीय गतिविधिलाई जनतामाझ लैजान संसदका गतिविधिलाई खुला गरेको बताए। पत्रकारलाई लबी भित्र ल्याउने व्यवस्थाबारे नियमावलीमा समेत प्रवन्ध गरेर कार्यविधि बनाउने कार्य गरिरहेको उनले जानकारी दिए। 

‘संसद्को गरिमालाई उच्च बनाउन,संसदको काम कारबाहीलाई प्रभावकारी बनाउन र संसदीय गतिविधिलाई जनतामाझ लैजानलाई हामीले संसदका गतिविधिलाई खुला गरेका छौं,’ उनले भने, ‘तर खुला गर्दै गर्दा यसका सकारात्मक र नकारात्मक दुबै पाटो छन्। यसलाई के गर्दा उचित हुन्छ हामीले यसको समिक्षा गर्न जरुरी छ। म आएपछि हामीले पत्रकारहरुलाई लबीभित्र ल्याउने व्यवस्थाको बारेमा नियमावलीमा एउटा प्रवन्ध गरेका छौं। त्यसको आधारमा कार्यविधि बनाउने कार्य पनि गरिराखेको छौैं।’

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सांसद र सिङ्गो संसद सचिवालयको सहकार्यलाई व्यवस्थित गरेर लैजानुपर्ने धारणा राखे। सांसद र पत्रकारहरूेबीच थोरै असमझदारी देखिएको भन्दै त्यसको लागि खुला बहस गर्न आवश्यक रहेको बताए। 

‘सांसद र सिङ्गो संसद सचिवालयको सहकार्यलाई व्यवस्थित गरेर लैजानुपर्छ। सांसदहरू र पत्रकारहरूेबीच थोरै असमझदारी, कहिँ कतै असहज बनेजस्तो देखिन्छ। त्यसको लागि अलि खुला बहस हुनुपर्छ जस्तो लाग्छ,’ उनले भने।

त्यस्तै, उपसभामुख इन्दिरा रानाले सञ्चार क्षेत्रले सत्य र सकारात्मक सन्देश दिने गरी समाचार सम्प्रेषण गर्नुपर्ने बताइन्।

प्रकाशित मिति: १७:०० बजे, सोमबार, पुस १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्