पीएल सिंहबाट सिक्ने भनेको विधिको शासन हो : मन्त्री सिंह
सोमबार काठमाडौं महानगरपालिकाका प्रथम मेयर पीएल सिंहको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले सिंह लोकप्रिय व्यक्ति मात्र नभइ सम्पूर्ण जीवन प्रजातन्त्रको लागि समर्पित गरेको बताए।-1734346977.jpg)
काठमाडौं, पुस १ : उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले दिवंगत नेता पीएल सिंहले प्रजातन्त्रको लागि ठूलो योगदान गरेको बताएका छन्।
सोमबार काठमाडौं महानगरपालिकाका प्रथम मेयर पीएल सिंहको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले सिंह लोकप्रिय व्यक्ति मात्र नभइ सम्पूर्ण जीवन प्रजातन्त्रको लागि समर्पित गरेको बताए।
‘प्रजातन्त्रको लागि उहाँले ठूलो योगदान गर्नु भएको छ । उहाँलाई हामीले चिनेको पनि त्यसरी नै हो। उहाँले आफ्नो जीवन नै प्रजातन्त्रको लागि समर्पित गर्नुभयो,’ उनले भने।
उनले सिंहबाट राज्य वा समाजलाई विधि अनुसार चलाउने कुरा सिक्नुपर्ने बताए।
‘उहाँबाट हामीले सिक्नुपर्ने कुरा भनेको सिस्टममा विश्वास गर्नु हो। उहाँले पद्धती र प्रक्रियामा जोड दिनुहुन्थ्यो,’ उनले भने, ‘अहिलेको युवाले सिक्नुपर्ने कुरा भनेको उहाँले जस्तै सिस्टमलाई विधि अनुसार चलाउन सक्ने कुरा हो।’












