कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित
‘कोरम पुर्याउनका लागि १२ जनाको उपस्थित हुनुपर्ने थियो तर हामी १० जना मात्रै भयाैं, २ जना पुगेन । त्यसैले बैठक स्थगित गरिएको हो,’ सभापति चालिसेले भने।-1734342741.jpg)
काठमाडौं, पुस १ : सोमबारका लागि तोकिएको अर्थ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ।
सुरक्षित कारोवार (पहिलो संशोधन) विधेयकमा छलफल गर्न बोलाइएको बैठक गणपुरक संख्या नपुगेर स्थगित भएको हो।
समिति सभापति सन्तोष चालिसेका अनुसार सांसदहरूको उपस्थित नहुँदा विधेयकमा छलफल चलाउन नसकिएको हो।
‘कोरम पुर्याउनका लागि १२ जनाको उपस्थित हुनुपर्ने थियो तर हामी १० जना मात्रै भयाैं, २ जना पुगेन । त्यसैले बैठक स्थगित गरिएको हो,’ सभापति चालिसेले भने।
बैठकमा सहभागी हुन अर्थमन्त्री विष्णु पौडेल पनि ११ बजेको आएका थिए। तर, बैठक बस्न नसकेपछि उनी फर्किएका थिए।
प्रकाशित मिति: १५:३७ बजे, सोमबार, पुस १, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












