Kathmandu Press

रविमाथिको अनुसन्धान फाइल सरकारी वकलिलाई बुझाइयो

रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा कारबाहीका लागि माग छ।
रविमाथिको अनुसन्धान फाइल सरकारी वकलिलाई बुझाइयो

कास्की, पुस १ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथिको अनुसन्धान सकेर प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल समक्ष बुझाएको छ।

रविसँगै प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलगायतलाई पनि प्रतिवादी कायम गर्न प्रहरीको माग छ। रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा कारबाहीका लागि माग छ।

Hardik ivf

प्रहरीले पोखराको सूर्यदर्शन सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अनियमितता भएको निचोड निकालेको छ। सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अनियमितता गरिएको अनुसन्धानबाट निश्कर्ष छ।

विभिन्न सहकारीलाई ऋण तिर्न लामिछानेले काटेको चेक पनि प्रमाणका रुपमा बुझाइएको छ।

प्रहरीले सूर्यदर्शनसँगै काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन र वीरगञ्जको सानो पाइला सहकारीमा पनि बचतकर्ताको रकम अनियमितता प्रकरणमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित मिति: १५:१९ बजे, सोमबार, पुस १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्