Kathmandu Press

सिंहको निधानप्रति कांग्रेसको शोक प्रश्ताव, तीन दिन आधा झण्डा झुकाइने 

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी बैठकले शोक प्रस्ताव पारित गर्दै पुस १, २ र ३ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ। 
सिंहको निधानप्रति कांग्रेसको शोक प्रश्ताव, तीन दिन आधा झण्डा झुकाइने 

काठमाडौं, पुस १ : नेपाली कांग्रेसले पूर्व मन्त्री एवम् काठमाडौंका पूर्वमेयर पीएल सिंहको शोकमा तीन दिनसम्म देशभरका पार्टी कार्यालयहरूमा तीन दिन झण्डा आधा झुकाउने निर्णय गरेको छ।

नेपाली काँग्रेसको आइतबार बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी बैठकले शोक प्रस्ताव पारित गर्दै पुस १, २ र ३ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ। 

Hardik ivf

मंगलबार पार्टीको केन्द्र, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने निर्णय पनि भएको छ । यस्तै, १३ दिनसम्म देशका सबै कार्यालयमा शोक पुस्तिका राख्ने र तेह्रौं दिनमा काठमाडौंमा शोक सभाको आयोजना गर्ने निर्णय समेत गरिएको छ। 

सिंहको ८८ वर्षको उमेरमा गएराति चाक्सीबारीस्थित निवासमा निधन भएको थियो । सिंहको पार्थिव शरीरमा कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा श्रद्धाञ्जली अर्पण गरिएको छ। 

सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरूले सिंहप्रति श्रद्धाञ्जली दिएका छन्। सिंहको आजै काठमाडौंको कंकेश्वरी मन्दिरसँगैको लखतिर्थमा अन्त्यष्टी गरिने भएको छ। 
 

प्रकाशित मिति: १५:१७ बजे, सोमबार, पुस १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्