Kathmandu Press

पीएल सिंहको पार्थिक शरीर दुई घण्टा कांग्रेस केन्द्रीय कार्यालयमा राखिने  

श्रद्धाञ्जलीका लागि सिंहको पार्थिव शरीरलाई दिउँसो १२ बजेदेखि २ बजेसम्म केन्द्रीय कार्यालय सानेपामा राखिने छ। 
पीएल सिंहको पार्थिक शरीर दुई घण्टा कांग्रेस केन्द्रीय कार्यालयमा राखिने  

काठमाडौं, पुस १ : पूर्वमन्त्री एवम् काठमाडौंका पूर्वमेयर पीएल सिंहको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको छ। 

श्रद्धाञ्जलीका लागि सिंहको पार्थिव शरीरलाई दिउँसो १२ बजेदेखि २ बजेसम्म केन्द्रीय कार्यालय सानेपामा राखिने छ। 

सिंहको ८८ वर्षको उमेरमा शनिबार राति निधन भएको थियो। सिंहको आजै अन्त्येष्टि गरिने छ। 

बुहदल प्राप्तीपछि २०४९ सालको पहिलो स्थानीय तह निर्वाचनपछि उनी काठमाडौं नगरपालिकाको मेयर बनेका थिए । त्यसपछि उनी वातावरणमन्त्री समेत बनेका थिए। 
 
प्रकाशित मिति: १२:०८ बजे, सोमबार, पुस १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्