Kathmandu Press

पत्रकार महासंघ एसोसियट सचिवमा पराजुली विजयी 

पराजुलीले निकतम प्रतिद्वन्द्वी बिकास कार्कीलाई ९ सय १० मतान्तरले हराउँदै सचिव पदमा विजयी भएका हुन् ।
पत्रकार महासंघ एसोसियट सचिवमा पराजुली विजयी 

काठमाडौ, पुस १ : नेपाल पत्रकार महासंघको सचिव (एसोसियट) मा बैकुण्ठराज पराजुली विजयी भएका छन् ।

पराजुलीले निकतम प्रतिद्वन्द्वी बिकास कार्कीलाई ९ सय १० मतान्तरले हराउँदै सचिव पदमा विजयी भएका हुन् । पराजुली ३ हजार ६ सय ४५ मत पाउँदा कार्की २७ सय ३५ मतमा सिमित रहे ।

Hardik ivf

यस्तै अर्का उम्मेदवार योगेश खपाङ्गीले ८ सय १२ मत मात्र पाए । 

पराजुली यसअघि महासंघको निवर्तमान एसोसियट अध्यक्ष र चलचित्र पत्रकार संघको सचिव भएर काम गरिसकेका छन् । उनले सचिवमा बिजयी भएपश्चात संक्षिप्त प्रतिक्रिया दिदैं विधागत पत्रकारितको बिकासमा निरन्तर लागिरहने प्रतिवद्वता जनाए । 

महासंघको अध्यक्षमा भने निर्मला शर्मा विजयी भएकी छन् । पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि शुक्रबार निर्वाचन भएको थियो । 
 

प्रकाशित मिति: १०:५७ बजे, सोमबार, पुस १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्