सिंहको निधनमा कामपामा शोक बिदा
उनको ८७ वर्षका उमेरमा उपचारका क्रममा आज विहान निधन भएको थियो ।
काठमाडौँ, पुस १ : काठमाडौँ महानगरपालिकाले पूर्व मेयर पिएल सिंहको निधनमा आज शोक बिदा दिएको छ । उनको ८७ वर्षका उमेरमा उपचारका क्रममा आज विहान निधन भएको थियो ।
कामपाको सहायक प्रवक्ता धुव्रकुमार काफ्लेले पूर्व मेयर सिंहको निधनमा कामपाको केन्द्रीय कार्यालय र मातहतको सबै वडा कार्यालयको अत्यावश्यक बाहेकका सेवा बन्द गरी शोक बिदा दिने निर्णय गरेको जानकारी दिए ।
२०५२ साल मङ्सिर २९ गते काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो ।
प्रकाशित मिति: १०:३८ बजे, सोमबार, पुस १, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












