पत्रकार महासंघको महासचिवमा दाहाल विजयी
दाहालले ४ हजार ८४ मत प्राप्त गरे भने न्यौपानेले १ हजार ९२९ मत प्राप्त गरको निर्वाचन समितिले जनाएको छ । यसैगरी सोही पदमा उम्मेदवार जन्मदेव जैशीले १ हजार १५८ मत प्राप्त गर्दा प्रकाश थापाले ४८८ मत प्राप्त गरे ।
काठमाडौ, पुस १ : नेपाल पत्रकार महासंघको महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भएका छन् । दाहालले निकटम प्रतिद्वन्द्वी लेखनाथ न्यौपानेलाई पराजित गर्दै महासंघको महासचिवमा निर्वाचित भएका हुन् ।
दाहालले ४ हजार ८४ मत प्राप्त गरे भने न्यौपानेले १ हजार ९२९ मत प्राप्त गरको निर्वाचन समितिले जनाएको छ । यसैगरी सोही पदमा उम्मेदवार जन्मदेव जैशीले १ हजार १५८ मत प्राप्त गर्दा प्रकाश थापाले ४८८ मत प्राप्त गरे । महासंघको अध्यक्षमा भने निर्मला शर्मा विजयी भएकी छन् । पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि शुक्रबार निर्वाचन भएको थियो ।
यसअघि महासंघको सचिव पदमा बसेर काम गरिसकेका दाहाल श्रमजीवि पत्रकारका पक्षमा वकालत गर्दै आएका छन् । हाल प्रेस काउन्सिलको बोर्ड सदस्य समेत रहेका दाहाल रातोपाटी डटकमको सम्पादकमा कार्यरत रहेका छन् ।
प्रकाशित मिति: १०:३४ बजे, सोमबार, पुस १, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![खाली गराइँदै मनोहरास्थित सुकुम्बासी बस्ती [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777112695.jpg)

