अमेरिकामा ६० दिन ग्रिनकार्ड बन्द, रोजगारीमा अमेरिकनलाई पहिला
काठमाडौं, वैशाख १० : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा स्थायी बसोबास (ग्रिनकार्ड) दुई महिनासम्म बन्द गर्ने घोषणा गरेका छन्।
आप्र....

काठमाडौं, वैशाख १० : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा स्थायी बसोबास (ग्रिनकार्ड) दुई महिनासम्म बन्द गर्ने घोषणा गरेका छन्।
आप्रवासीहरुलाई अमेरिका आउन रोक लगाउने ट्विट गरेको भोलिपल्टै उनले ग्रिनकार्ड बन्द गर्ने घोषणा गरेका हुन्। मंगलबारको नियमित प्रेस ब्रिफिङमा ट्रम्पले यस्तो घोषणा गरेका हुन्।
‘यो आदेश अमेरिकामा स्थायी रुपमा बस्न चाहनेहरुमाथि लागु हुन्छ र अस्थायी रुपमा काम गर्न अमेरिका आउनेहरुका लागि लागु हुँदैनु ट्रम्पले भनेका छन्, 'अमेरिकामा स्थायी बसोबास गर्ने नयाँ आप्रवासीहरुमाथि ६० दिनपछि प्रतिबन्ध लगाउने कि नलगाउने भन्ने कुरा अमेरिकी अर्थ व्यवस्थामा निर्भर गर्छ ।'
उनले आवश्यक परेमा यसलाई ३० दिनका लागि या त्योभन्दा पनि धेरै समयसम्म बढाउन सकिने पनि बताएका छन्। अमेरिकीहरुको रोजगारी रक्षा गर्नुपर्ने पहिलो प्राथमिकता भएकाले आप्रवासीहरुलाई रोक लगाउन आवश्यक रहेको ट्रम्पको भनाइ छ । ‘अमेरिकामा विदेशीहरुलाई बस्न रोक लगाउनका लागि कार्यकारी आदेश जारी हुँदैछ । भोलिसम्ममा तयार भएर हस्ताक्षरका लागि आउने छ । यो आदेश कठोर हुने छ’, ट्रम्पले भने।
यद्यपि यो कार्यकारी आदेशमा केही छुट पनि हुन सक्ने ट्रम्पले बताएका छन् । आप्रवासी किसानहरुको बारेमा सोधिएको एक प्रश्नमा ट्रम्पले यस आदेशले किसानहरुलाई असर नगर्ने बताए । ‘पहिले अमेरिकी जनतालाई प्राथमिकता दिनुपर्छ,’ ट्रम्पले भने, ‘कोरोना भाइरस संक्रमणको प्रभावका कारण अहिलेसम्म लाखौं अमेरिकीको रोजगारी गुमेको छ । त्यसैले ती अमेरिकीहरुको रोजगार सुनिश्चित गर्ने सरकारको नैतिक कर्तव्य हो ।’
ट्रम्पले अमेरिकीले जागिर गुमाउने र त्यो स्थानमा आप्रवासीलाई जागिर दिने कुरा गलत र अन्यायपूर्ण भएको पनि बताएका छन्। 'हामी हाम्रा अमेरिकी जनतालाई बचाउन चाहान्छौं र हामी उनीहरुप्रति रक्षात्मक बन्दै जानेछौं’ उनले भने।





-1792762148.jpeg)





